२०८३, आश्विन १ गते

Sep 17 2026

मध्यरातमा होटलमा महिलासहित भेटिए भकुण्डे प्रहरी चौकीका प्रमुख श्रेष्ठ

मध्यरातमा होटलमा महिलासहित भेटिए भकुण्डे प्रहरी चौकीका प्रमुख श्रेष्ठ

रोज नेपाल
सोमवार, भाद्र १ २०८३
रोज नेपाल
सोमवार, भाद्र १ २०८३
  • तस्बिर :Ai बाट

    काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका क्षेत्रस्थित भकुण्डे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले मध्यरातमा एक महिलासहित होटलबाट फेला पारी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाएका  छन्।

    स्थानीयका अनुसार श्रेष्ठलाई नमोबुद्धस्थित एक होटलबाट महिलासहित फेला पारिएको हो। घटनापछि स्थानीयले दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पुर्‍याएको बताइएको छ।

    श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जेठ महिनामा उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको दाबीसमेत गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij