२०८३, आश्विन १ गते

Sep 17 2026

विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ

विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ

रोज नेपाल
सोमवार, भाद्र १ २०८३
रोज नेपाल
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्न लागेका  कर्मचारीलाई प्रहरीले आइतबार काठमाडौंमा विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार उनीहरूले नेपालबाट बाहिर लैजान पाउने कानुनी सीमाभन्दा बढी विदेशी मुद्रा साथमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    पक्राउ परेका कर्मचारीहरूको नाम तथा परिचय प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ।

    विदेशी मुद्रा बाहिर लैजाने क्रममा आवश्यक कानुनी प्रक्रिया पालना भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij