२०८३, आश्विन १ गते

Sep 17 2026

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् ।

     सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए । 

    ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’, मुख्यसचिव अर्यालको भनाइ छ ।

    उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij