२०८३, आश्विन १ गते

Sep 17 2026

सरकारका गलत काममा समर्थन गर्दैनौँः सांसद खातुन

सरकारका गलत काममा समर्थन गर्दैनौँः सांसद खातुन

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कुनै हालतमा समर्थन नगर्ने बताएकी छन्।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाइन्।

    सांसद खातुनले सरकारकै संरक्षणमा मुलुकमा गुण्डाराज मौलाएको दाबी गर्दै प्रतिपक्षले आवाज उठाउँदा उल्टै गुण्डाको संज्ञा दिनु आपत्तिजनक भएको बताइन्।

    उनले देश र जनताको हितमा प्रतिपक्ष सधैँ उभिने प्रतिबद्धता जनाउँदै सरकारका गलत कामलाई टुलुटुलु हेरेर समर्थन गर्न नसकिने स्पष्ट पारिन्।

    उनले भनिन्, ‘हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई समर्थन गर्न सक्दैनौँ।’

    सम्बोधनका क्रममा सांसद खातुनले सिराहामा प्रहरीले चलाएको गोली प्रकरणमा समेत सरकारको जवाफदेहिता माग गरिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij