२०८३, आश्विन १ गते

Sep 17 2026

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ ४० पैसासम्म

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ ४० पैसासम्म

रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको छ।

    युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

    अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६ पैसा, क्यानेडियन डलरको ११० रुपैयाँ १७ पैसा र ११० रुपैयाँ ६१ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ५९ पैसा र १२० रुपैयाँ ६ पैसा तोकिएको छ।

    त्यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

    खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ८ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ६१ पैसा र ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

    मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा रहेको छ। दक्षिण कोरियाली १०० वनको खरिददर १० रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १० रुपैयाँ ८८ पैसा तोकिएको छ।

    यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ ४८ पैसा र ४९९ रुपैयाँ ४३ पैसा, बहराइन दिनारको ४०५ रुपैयाँ ३१ पैसा र ४०६ रुपैयाँ ९० पैसा तथा ओमानी रियालको ३९६ रुपैयाँ ८८ पैसा र ३९८ रुपैयाँ ४४ पैसा रहेको छ।

    राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij