२०८३, आश्विन १ गते

Sep 17 2026

रेडक्रसको जग्गा खरिद अनियमितता प्रकरणमा पूर्वपदाधिकारीसहित पाँच पक्राउ

रेडक्रसको जग्गा खरिद अनियमितता प्रकरणमा पूर्वपदाधिकारीसहित पाँच पक्राउ

रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा आर्थिक अनियमितता र ठगी गरेको आरोपमा पूर्वअध्यक्ष सञ्जिव थापासहित पाँच जना पक्राउ परेका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रेडक्रसको जग्गा खरिदसँग सम्बन्धित अनुसन्धानका क्रममा पूर्वअध्यक्ष थापासहित पूर्वपदाधिकारीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु र इन्द्रबहादुर केसी रहेका छन्।

    प्रहरीका अनुसार भक्तपुरमा रेडक्रसको गोदाम भवन निर्माणका लागि जग्गा खरिद गर्ने क्रममा बिचौलियाको प्रयोग गरी आर्थिक अनियमितता गरिएको आशंका देखिएको छ। अनुसन्धानका क्रममा खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफलसम्बन्धी विवरणमा समेत ठगी भएको पाइएको प्रहरीको भनाइ छ।

    जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ अनियमितता भएको आरोपमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij