२०८३, आश्विन १ गते

Sep 17 2026

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गोलीसहित शनिबार साँझ पक्राउ गरेको हो। बरामद गोलीगठ्टा पछिल्लो पटक हिंसा भड्किएपछि सुरक्षा निकायबाट लुटिएको हुनसक्ने आशंका छ। यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij