काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज उल्लेख्य वृद्धि देखाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको हो।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार भने छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज ठूलो वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २६० रुपैयाँले महँगिएर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उच्च देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।
सुन र चाँदीको मूल्यमा आएको पछिल्लो वृद्धिले नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।