२०८३, आश्विन १ गते

Sep 17 2026

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँ नाघ्यो

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँ नाघ्यो

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ।

    राष्ट्र बैंकका अनुसार युरोको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा छ। त्यस्तै, बेलायती पाउण्डको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा तोकिएको छ।

    अष्ट्रेलियन डलर १०८ रुपैयाँ ९३ पैसा खरिद र १०९ रुपैयाँ ३६ पैसा बिक्री, क्यानेडियन डलर १११ रुपैयाँ ०२ पैसा खरिद र १११ रुपैयाँ ४६ पैसा बिक्री तथा सिङ्गापुर डलर १२० रुपैयाँ २९ पैसा खरिद र १२० रुपैयाँ ७७ पैसा बिक्रीदरमा कारोबार हुनेछ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

    यसैगरी, साउदी रियाल ४० रुपैयाँ ७१ पैसा खरिद र ४० रुपैयाँ ८७ पैसा बिक्री, कतारी रियाल ४१ रुपैयाँ ९३ पैसा खरिद र ४२ रुपैयाँ १० पैसा बिक्रीदरमा कायम भएको छ।

    थाइ भाटको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ६१ पैसा र ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ७९ पैसा र ३७ रुपैयाँ ९४ पैसा तथा दक्षिण कोरियन वन १०० को १० रुपैयाँ ९७ पैसा र ११ रुपैयाँ ०१ पैसा तोकिएको छ।

    स्वीडिस क्रोनर १६ रुपैयाँ १७ पैसा खरिद र १६ रुपैयाँ २४ पैसा बिक्री तथा डेनिस क्रोनर २३ रुपैयाँ ९३ पैसा खरिद र २४ रुपैयाँ ०३ पैसा बिक्रीदरमा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।

    हङकङ डलरको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा रहेको छ। कुवेती दिनार ४९८ रुपैयाँ २६ पैसा खरिद र ५०० रुपैयाँ २१ पैसा बिक्रीदरमा कायम भएको छ।

    त्यस्तै, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा तथा ओमनी रियालको खरिददर ३९७ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij