२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा सीमित गर्ने सहमति

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यको पदावधि घटाएर तीन वर्ष कायम गर्ने सहमति जुटेको छ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनका लागि तयार गरिएको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हाल कायम रहेको पाँच वर्षे कार्यकाललाई घटाएर तीन वर्षमा सीमित गर्ने विषयमा सहमति जुटेको समितिका सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।

    विधेयकमा डेपुटी गभर्नर तथा सञ्चालकको प्रारम्भिक पदावधि तीन वर्ष रहने व्यवस्था राखिनेछ। कार्यसम्पादन मूल्यांकन सन्तोषजनक भएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि बढाउन सक्ने प्रावधानसमेत राख्ने निर्णय भएको सभापति बुढाथोकीले बताए।

    यससँगै राष्ट्र बैंकको नेतृत्व तथा सञ्चालक समितिमा रहने पदाधिकारीको नियुक्ति र पदावधिसम्बन्धी व्यवस्था संशोधन हुने भएको छ।

    नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि समितिमा दफावार छलफल शुक्रबार पनि जारी रहने कार्यसूची छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij