२०८३, आश्विन १ गते

Sep 17 2026

लागूऔषधसहित काठमाडौंसहित विभिन्न जिल्लाबाट चार जना पक्राउ

लागूऔषधसहित काठमाडौंसहित विभिन्न जिल्लाबाट चार जना पक्राउ

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं, कञ्चनपुर र सुनसरीमा गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

    काठमाडौंको दक्षिणकाली नगरपालिका–५ मा प्रहरीले ५६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २६ वर्षीय अहमद अलिलाई नियन्त्रणमा लिएको छ। बारा जीतपुरसिमरा–६ घर भई काठमाडौंको नैकापमा बस्दै आएका उनलाई फर्पिङबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। जीतपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा यात्रा गरिरहेका उनको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

    त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट ४ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय धीरेन्द्र महरा पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८ झलारी निवासी महरालाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

    सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट पनि प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का ३३ वर्षीय प्रेमबहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन्। उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

    को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसहितको प्रहरी टोलीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका चारै जनासम्बन्धी घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij