२०८३, आश्विन १ गते

Sep 17 2026

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि पैदलयात्रीले हातपात गरेको घटना सार्वजनिक भएको छ।

    सडकमा पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्न आकाशे पुल प्रयोग गर्न आग्रह गरिरहेका बेला जुम्ला घर भएका २७ वर्षीय राज कठायतले महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीका अनुसार नयाँ बानेश्वर चोकमा सडक सचेतना तथा ट्राफिक व्यवस्थापनका लागि टोली परिचालन गरिएको थियो। जथाभावी सडक पार गरिरहेका पैदलयात्रीलाई ट्राफिक प्रहरीले आकाशे पुल प्रयोग गर्न आग्रह गर्दै आएको थियो।

    सोही क्रममा कठायतले प्रहरीको निर्देशन पालना नगरेको र ड्युटीमा रहेकी महिला प्रहरीसँग विवाद गर्दै हातपात गरेको प्रारम्भिक विवरण छ।

    घटनापछि प्रहरीले कठायतलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ। घटनाको कारण र थप विवरणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij