२०८३, आश्विन १ गते

Sep 17 2026

रसुवामा बाढीको कहर : १३ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवामा बाढीको कहर : १३ सशस्त्र प्रहरी सम्पर्कविहीन

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण टिमुरे र मैलुङ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका १३ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

    प्राप्त पछिल्लो विवरणअनुसार रसुवागढीस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टमा कार्यरत ९ जना र मैलुङमा खटिएका ४ जना सुरक्षाकर्मीको सम्पर्क हुन सकेको छैन। प्रारम्भिक विवरणमा ४ जना मात्रै सम्पर्कविहीन रहेको भनिए पनि पछिल्लो समय संख्या बढेको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

    बाढीको प्रभाव टिमुरे र स्याफ्रुबेसी बजार क्षेत्रमा समेत परेको छ। ती क्षेत्रमा बाढीले भौतिक संरचना तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको जनाइएको छ।

    यसअघि सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले टिमुरे बोर्डर आउटपोस्टमा कार्यरत ४ जना प्रहरी सम्पर्कविहीन भएको जानकारी दिएका थिए। उनका अनुसार बाढी बीओपी परिसरमा समेत प्रवेश गरेको थियो।

    बाढीको अवस्था थप गम्भीर बन्दै गएपछि सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्। घटनाबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij