२०८३, आश्विन १ गते

Sep 17 2026

जलवायु परिवर्तनको असर नेपालले चुकाउँदै छ , साम्सद खुस्वु ओली

जलवायु परिवर्तनको असर नेपालले चुकाउँदै छ , साम्सद खुस्वु ओली

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले रसुवामा आएको बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र नहेरी राष्ट्रिय त्रासदीका रूपमा लिएर सरकारले तत्काल तथा दीर्घकालीन कदम चाल्नुपर्ने बताएकी छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको जोखिम बढ्दै गएको विषयलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराइन्।

    नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि यसको असर हिमाली क्षेत्रका समुदायले बढी भोग्नुपरेको उनको भनाइ थियो। पर्वतीय मुलुकले सामना गरिरहेको जलवायुजन्य समस्यालाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन उनले सरकारलाई सुझाव दिइन्।

    ओलीले भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्न जोखिमयुक्त हिमतालको नियमित निगरानी र वैज्ञानिक अध्ययन आवश्यक रहेको बताइन्। साथै, सम्भावित जोखिमबारे समयमै जानकारी दिने पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।

    उनले जलवायु जोखिमलाई ध्यानमा राखेर बलिया तथा जोखिम प्रतिरोधी पूर्वाधार निर्माण गर्न, जोखिममा रहेका बस्तीको पहिचान गरी पूर्वतयारी गर्ने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिन्।

    नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षतिका आधारमा अन्तर्राष्ट्रिय सहयोग, प्रविधि र स्रोत जुटाउन जलवायु कूटनीतिलाई अझ प्रभावकारी बनाउनुपर्ने ओलीको भनाइ छ।

    रसुवा बाढीपछि जारी खोजी, उद्धार तथा राहत अभियानमा सरकारले चाल्ने कदममा राप्रपाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij