२०८३, आश्विन १ गते

Sep 17 2026

नारायणी नदी किनारमा ६२ शव भेटिए, पहिचान खुल्न बाँकी

नारायणी नदी किनारमा ६२ शव भेटिए, पहिचान खुल्न बाँकी

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव नवलपुरस्थित नारायणी नदीको किनारबाट फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक र ७ बालिका छन् । थप ९ वटा शवको लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अहिलेसम्म बरामद भएका कुनै पनि शवको पहिचान खुलेको छैन । पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको जनाइएको छ ।

    फेला परेका शवलाई तत्कालका लागि सम्बन्धित पालिकाका अस्पतालमा सुरक्षित राखिएको छ । थप व्यवस्थापनका लागि ती शव पोखरा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

    बाढीपछि नारायणी नदी किनारमा शव भेटिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि खोजी तथा संकलन कार्यलाई तीव्र बनाएको छ । शव खोज्न र संकलन गर्न प्रहरी टोलीलाई विभिन्न स्थानमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij