२०८३, आश्विन १ गते

Sep 17 2026

बाढी प्रभावित नुवाकोट पुगे प्रधानमन्त्री बालेन, उद्धार र राहतबारे लिने जानकारी

बाढी प्रभावित नुवाकोट पुगे प्रधानमन्त्री बालेन, उद्धार र राहतबारे लिने जानकारी

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बाढीबाट प्रभावित नुवाकोट पुगेका छन् । विपद्पछि जिल्लामा भएको क्षति तथा उद्धार र राहतको अवस्थाबारे स्थलगत जानकारी लिन उनी नुवाकोट पुगेका हुन् ।

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्नुका साथै उद्धारमा देखिएका चुनौती र पीडित नागरिकलाई भइरहेको राहत व्यवस्थापनबारे स्थानीय प्रशासन तथा सम्बन्धित अधिकारीसँग जानकारी लिनेछन् ।

    बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ । प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएका छन् ।

    प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रभावित नागरिकको उद्धारलाई थप प्रभावकारी बनाउने, राहत सामग्री सहज रूपमा पुर्‍याउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि आवश्यक कदमबारे सम्बन्धित निकायलाई निर्देशन दिने तयारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij