२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीमा, मृत्यु हुनेको संख्या २२० पुग्यो

भोटेकोशी बाढीमा, मृत्यु हुनेको संख्या २२० पुग्यो

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाउनेको संख्या २२० पुगेको छ । नेपाल प्रहरीले विभिन्न जिल्लाबाट संकलन गरेको विवरणअनुसार मृतकको संख्या थपिएको हो ।

    प्रहरीका अनुसार सबैभन्दा बढी शव चितवनमा भेटिएका छन् । चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ ।

    त्यस्तै, पूर्वनवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, तनहुँमा १३ र नुवाकोटमा १२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । रसुवामा २ तथा पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको विवरणमा उल्लेख छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । हालसम्म विभिन्न स्थानबाट ३६१ जना घाइतेको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको विवरण अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्यलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij