२०८३, आश्विन १ गते

Sep 17 2026

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको दर कति ?

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको दर कति ?

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा पुगेको छ।

    राष्ट्र बैंकका अनुसार युरोको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क भने १८८ रुपैयाँमा खरिद र १८८ रुपैयाँ ७४ पैसामा बिक्री हुने गरी दर तोकिएको छ।

    अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम छ। क्यानेडियन डलरको दर क्रमशः १०९ रुपैयाँ ४१ पैसा र १०९ रुपैयाँ ८५ पैसा छ। त्यस्तै, सिङ्गापुर डलर ११९ रुपैयाँ ४० पैसामा खरिद र ११९ रुपैयाँ ८७ पैसामा बिक्री हुनेछ।

    १० जापानी येनका लागि खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ७० पैसा रहेको छ।

    साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

    यसैगरी, थाई भाट ४ रुपैयाँ ५८ पैसा खरिद र ४ रुपैयाँ ६० पैसा बिक्री, यूएई दिराम ४१ रुपैयाँ ३८ पैसा खरिद र ४१ रुपैयाँ ५४ पैसा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ। मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा छ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १५ पैसा तोकिएको छ। स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर २३ रुपैयाँ ६८ पैसा रहेको छ।

    हङकङ डलरको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। कुवेती दिनारको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा पुगेको छ।

    बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा तथा ओमनी रियालको खरिददर ३९४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij