२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीपीडितको राहतका लागि नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग

भोटेकोशी बाढीपीडितको राहतका लागि नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नागरिक लगानी कोषले सरकारलाई रु. १ करोड १ लाख आर्थिक सहयोग गरेको छ।

    कोषले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोगस्वरूप प्रदान गरिएको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    रसुवालगायत प्रभावित क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएकाले सरकारी राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको कोषले जनाएको छ।

    चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे र निर्देशक शोभा श्रेष्ठको पनि उपस्थिति थियो।

    बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका काममा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले उक्त आर्थिक सहयोग गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij