२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीपहिरो पीडितका लागि अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

बाढीपहिरो पीडितका लागि अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ प्रदान गरेका छन्।

    प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन अस्पताल व्यवस्थापन र कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम कोषमा जम्मा गरेका हुन्। विपद्को समयमा राज्यको प्रयासमा निजी क्षेत्र तथा विभिन्न सामाजिक संस्थाले समेत हातेमालो गर्नुपर्ने आवश्यकता रहेको अस्पतालले जनाएको छ।

    गत बुधबार भोटेकोशी–रसुवा क्षेत्रमा आएको बाढीसहित विभिन्न जिल्लामा परेको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायतका जिल्लामा जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा अन्य संरचनामा समेत असर परेको छ। विपद्का कारण धेरै परिवार विस्थापित तथा प्रभावित भएका छन्।

    पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरिरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij