२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन ज्योति विकास बैंकले १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

    बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको जनाएको छ।

    बाँकी ५० लाख रुपैयाँ भने बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनामा खर्च गरिने बैंकले जनाएको छ। उक्त रकम समुदायस्तरमा आवश्यकताका आधारमा चरणबद्ध रूपमा उपलब्ध गराइने बताइएको छ।

    बैंकले विपद्का क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा निरन्तर खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीप्रति आभार व्यक्त गरेको छ।

    ज्योति विकास बैंकले हाल मुलुकभर ११७ शाखा, ३ वटा विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij