२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीपीडितका लागि अमेरिकाबाट ४० टन राहत सामग्री काठमाडौं आइपुग्यो

बाढीपीडितका लागि अमेरिकाबाट ४० टन राहत सामग्री काठमाडौं आइपुग्यो

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । बाढीबाट प्रभावित परिवारका लागि अमेरिकाबाट पठाइएको करिब ४० टन राहत सामग्री नेपाल आइपुगेको छ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सको सहयोगमा उक्त राहत सामग्री काठमाडौं ल्याइएको हो।

    प्राप्त राहत सामग्रीमा खानेपानी शुद्धीकरणका लागि पानी फिल्टर, अस्थायी आवासका लागि त्रिपाल, कम्बल, सरसफाइका सामग्री तथा सौर्य बत्तीलगायत आवश्यक वस्तु रहेका छन्।

    दूतावासका अनुसार यो सहयोगबाट बाढी तथा डुबानका कारण प्रभावित करिब २ हजार ६ सय परिवारलाई प्रत्यक्ष लाभ पुग्नेछ।

    विपद्को समयमा अत्यावश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो राहतले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij