२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीप्रति प्रधानमन्त्री बालेन शाहको भावुक सम्बोधन– ‘यो पीडा सम्पूर्ण नेपालीको हो’

भोटेकोशी बाढीप्रति प्रधानमन्त्री बालेन शाहको भावुक सम्बोधन– ‘यो पीडा सम्पूर्ण नेपालीको हो’

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज तथा उद्धारदेखि घाइतेको उपचार र प्रभावितलाई राहत उपलब्ध गराउने कामलाई तीव्र बनाएको छ।

    प्रधानमन्त्री बालेन शाहले संसद्मा सम्बोधन गर्दै विपद्मा परेका नागरिकको उद्धारका लागि राज्यका सबै उपलब्ध संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म बाढी प्रभावित ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ। यद्यपि ३ हजार ९१६ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।

    संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री शाहले बाढीपछि सरकारले सञ्चालन गरिरहेका खोजी तथा उद्धार अभियान, उपचार र राहतका प्रयासबारे जानकारी गराएका हुन्।

    उनले भोटेकोशीमा आएको बाढीलाई हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोसँग सम्बन्धित ठूलो प्राकृतिक विपत्तिका रूपमा व्याख्या गर्दै पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढ्दै गएको बताए।

    प्रधानमन्त्रीका अनुसार अहिले सरकारको प्राथमिकता सम्पर्कविहीन नागरिकको खोजी गर्नु, घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्नु र घर तथा बासस्थान गुमाएका परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नु हो।

    त्यससँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि पनि आवश्यक योजना अघि बढाइने उनले बताए। विपद्बाट प्रभावित कुनै पनि नागरिक सरकारी सहयोगबाट वञ्चित नहुने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले ‘कोही कतै छुट्नु हुने छैन भन्ने धारणा संसद्मा राखे।

    सरकारले उद्धार तथा राहत अभियानलाई निरन्तरता दिँदै सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउने र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij