२०८३, आश्विन १ गते

Sep 17 2026

‘फिल्डमा भन्दा फेसबुकमा धेरै भयो’ : सरकारप्रति कांग्रेसको आक्रोश

‘फिल्डमा भन्दा फेसबुकमा धेरै भयो’ : सरकारप्रति कांग्रेसको आक्रोश

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीपछि सरकार उद्धार र राहतमा गम्भीर हुन नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा आलोचना गरेको छ।

    प्रतिनिधिसभामा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार उद्धारभन्दा प्रचार र सामाजिक सञ्जालमा बढी केन्द्रित भएको आरोप लगाए। उनले भने, ‘फिल्डमा भन्दा फेसबुकमा धेरै भयो, हल्लामा लाग्यो।’

    सुरुङमा फसेका श्रमिक तथा प्राविधिकको उद्धारमा सरकारले महत्वपूर्ण ‘गोल्डेन आवर’ गुमाएको दाबी गर्दै आङदेम्बेले अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञ तत्काल परिचालन गर्नुपर्ने बताए।

    उनले प्रभावकारी खोज तथा उद्धार, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय, शव पहिचान तथा व्यवस्थापन, पारदर्शी राहत वितरण र जलवायु जोखिमलाई ध्यानमा राखेर पुनर्स्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरे।

    कांग्रेसले विपद् व्यवस्थापन, पुनर्स्थापना र सरकारी कामको अनुगमनका लागि संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्नसमेत माग गरेको छ।

    आङदेम्बेले राष्ट्रिय संकटको समयमा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको तर नागरिकको जीवनसँग जोडिएका विषयमा खबरदारी गर्न पछि नहट्ने स्पष्ट पारे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij