काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
लामिछानेको आह्वानमा बैठक आज बिहीबार बिहान १० बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा पार्टीका पछिल्ला गतिविधि तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकका एजेन्डाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।