२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेसको १५औं महाधिवेशन मङ्सिर २१-२३ मा गर्ने देउवा पक्षको प्रस्ताव

कांग्रेसको १५औं महाधिवेशन मङ्सिर २१-२३ मा गर्ने देउवा पक्षको प्रस्ताव

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ ।

    बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा पक्षको बैठकले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो ।

    डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकमा तयारी समितिका तर्फबाट पूर्वमहामन्त्री उमाकान्त चौधरीले प्रस्तुत गरेको कार्यपत्रका आधारमा महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।

    प्रस्तावित तालिकाअनुसार क्रियाशील सदस्यता सम्बन्धी विवाद असोज ६ गतेसम्म समाधान गर्ने र त्यसपछि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने उल्लेख छ । पालिका अधिवेशन असोज २० गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ ।

    यसअनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गरेपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन गर्ने देउवा पक्षको प्रस्ताव छ ।

    यद्यपि, यो कार्यतालिका देउवा पक्षले अघि सारेको प्रस्तावित तालिका हो । पार्टीको औपचारिक निर्णय तथा अन्तिम कार्यतालिका सम्बन्धित निकायबाट तय हुन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij