२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीमा बेपत्तामा खोज तथा उद्धारको अवस्थाबारे बुझ्न रसुवा–नुवाकोट पुगे प्रधानसेनापति सिग्देल

बाढीमा बेपत्तामा खोज तथा उद्धारको अवस्थाबारे बुझ्न रसुवा–नुवाकोट पुगे प्रधानसेनापति सिग्देल

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रसुवा र नुवाकोट क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियानको स्थलगत अनुगमन गरेका छन्।

    सैनिक मुख्यालय जंगी अड्डाका अनुसार सिग्देल विशेषगरी टनेल क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यको अवस्था बुझ्न त्यहाँ पुगेका हुन्। अनुगमनका क्रममा उनले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

    प्रधानसेनापति सिग्देलले टनेलसहित आसपासका विभिन्न क्षेत्रको समेत निरीक्षण गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij