२०८३, आश्विन १ गते

Sep 17 2026

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा पत्रकारीता तालिम सन्चालन

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा पत्रकारीता तालिम सन्चालन

शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा नम्बर १० को आयोजनामा पत्रकारिता तालिम आयोजना गरिएको छ । स्थानीय तहमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने र नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ उत्साह जगाएको छ ।
    डि मिडिया कम्पनिका सन्चालक तथा शान्ति नेपाल डटकम र मिसन भण्डाफोरका सम्पादक राकेश कुमार यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा विशिष्ठ अतिथिमा गुलरिया नगरपालिका वडा नं.१० का वडाध्यक्ष लक्ष्मी नारायण लोध,वडा नंं ६ का वडाध्यक्ष सुधांशु प्रसाद शर्मा, अतिथिहरुमा वडा नंं १० का वडा सदस्यहरु गीता मल्लाह र कुश्मा देवी कुर्मी जिल्ला सहकारी संघ बर्दियाका सचिव ईन्दिरा सुबेदी रहनु भएको थियो ।
    गुलरिया नगरपालिका वडा नं. १० को आयोजनामा २०८३ भदौ १८,१९ र २० गते तालिम सञ्चालन गर्न लागिएको डि मिडिया कम्पनिले जनाएको छ । तालिममा स्थानीयस्तरमा सूचना संकलन, समाचार लेखन तथा सञ्चारसम्बन्धी आधारभूत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । तालिमको प्रशिक्षकको रुपमा सन्दिप सापकोटा र सरु राना रहने छन् ।

    कार्यक्रमको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता समाचार लेख्ने माध्यम मात्र नभई समाजका आवाजविहीन नागरिकको आवाज राज्य र सम्बन्धित निकायसम्म र्पुयाउने महत्वपूर्ण जिम्मेवारी भएको बताएका थिए ।

     

    तालिमको अर्को महत्वपूर्ण पक्ष स्थानीय युवाहरूलाई सञ्चार क्षेत्रमा सक्रिय बनाउनु रहेको देखिन्छ । गाउँ–टोलमा भइरहेका विकास निर्माण, सामाजिक समस्या, नागरिकका गुनासा तथा सकारात्मक गतिविधि धेरैपटक सञ्चारमाध्यमसम्म पुग्न नसक्ने अवस्था रहँदै आएको छ । यस्तो अवस्थामा स्थानीय तहबाटै पत्रकारिता र सञ्चारसम्बन्धी सीप विकास गर्नुले सूचना प्रवाहमा नयाँ ढोका खोल्न मद्यत गर्ने आयोजकले दावी गरेको छ ।
    कार्यक्रमका वक्ताहरुले समाजमा सही सूचना प्रवाह भएमा नागरिक सचेत बन्न सक्छन् र स्थानीय सरकारलाई पनि आफ्नो कामप्रति थप जिम्मेवार बनाउन सकिने विचार व्यक्त गरेका थिए । वक्ताहरुले पत्रकारिता तालिमलाई एउटा सामान्य कार्यक्रमका रूपमा मात्र नभई स्थानीय लोकतन्त्र, पारदर्शिता र जवाफदेहितासँग जोडिएको अभियानका रूपमा लिनुपर्ने आवश्यकता औलाएका थिए ।
    पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताका लागि तालिमसँगै तथ्य जाँच, निष्पक्षता, आचारसंहिता र जिम्मेवार समाचार सम्प्रेषणलाई पनि प्राथमिकता दिनुपर्ने विचार कार्यक्रममा व्यक्त भएको थियो । गलत सूचना वा अपुष्ट समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले पत्रकारिताको सीपसँगै जिम्मेवारीबोध पनि उत्तिकै आवश्यक रहेको वक्ताहरुको धारणा रहेको थियो ।
    डि मिडिया कम्पनिले स्थानीय तहमा हुने यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सकेमा गाउँ–समाजमा लुकेका समस्या, सम्भावना र नागरिकका वास्तविक आवाज बाहिर ल्याउन सकिने अपेक्षा गरिएको बताएको छ ।
    एउटा कापी, एउटा कलम र एउटा सत्य समाचारले पनि समाज परिवर्तनको सुरुवात गर्न सक्छ । गुलरियामा सुरु भएको यो प्रयास त्यसै दिशातर्फको एउटा सानो तर अर्थपूर्ण पाइला बन्न सक्छ भन्ने विस्वास आयोजले व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij