२०८३, आश्विन १ गते

Sep 17 2026

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको सकुशल उद्धार

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको सकुशल उद्धार

रोज नेपाल
शनिवार, भाद्र २० २०८३
रोज नेपाल
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भग्नावशेषमा पुरिएर सम्पर्कविहीन बनेकी एक महिलालाई ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

    नुवाकोटको बेत्रावती क्षेत्रमा पुरिएको घरभित्रबाट शनिबार दिउँसो सशस्त्र प्रहरी बलको टोलीले महिलालाई सकुशल बाहिर निकालेको हो।

    उद्धार गरिएकी महिलालाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेकाले हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

    बाढीपछि बेपत्ता तथा भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारलाई सुरक्षाकर्मीले निरन्तरता दिइरहेका छन्। यसैक्रममा शनिबार नै नेपाली सेनाको टोलीले त्रिशूली–१ क्षेत्रबाट एक चिनियाँ नागरिकलाई समेत उद्धार गरेको थियो।

    लगातारको खोज तथा उद्धार अभियानका क्रममा ११ दिनपछि महिलाको जीवितै उद्धार हुनुलाई आशाको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij