२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

रोज नेपाल
शनिवार, भाद्र २० २०८३
रोज नेपाल
शनिवार, भाद्र २० २०८३
  • रसुवा । बाढी आएको ११ दिनपछि रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।

    नेपाली सेनाले शनिबार उद्धार गरिएका चिनियाँ नागरिकको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको हो।

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण आयोजनाको सुरुङ क्षेत्रमा काम गरिरहेका केही विदेशी कामदारसमेत फसेका थिए।

    उद्धार टोलीले सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आएको सेनाले जनाएको छ। यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षेत्रबाट दुई जनाको उद्धार गरिएको थियो।

    चिनियाँ ठेकेदार कम्पनीको निर्माणमा रहेको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ। बाढीबाट प्रभावित आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा अझै खोजी कार्य जारी रहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij