२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड

कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड

रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ ।

    भेटका क्रममा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या तथा पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

    नेता डा. कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेस विभाजित भएर अघि बढ्न नहुने धारणा राखेका थिए । पार्टीलाई एकताबद्ध बनाउन आवश्यक परे आफ्नो तर्फबाट जुनसुकै त्याग गर्न पनि तयार रहेको उनले बताएका थिए ।

    त्यसक्रममा सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका थिए ।

    भेटवार्तामा रसुवामा चीनसँगको सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे समेत छलफल भएको थियो । विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीपछि देखिएको पछिल्लो अवस्था तथा प्रभावित क्षेत्रको अवस्थाका विषयमा दुई नेताबीच कुराकानी भएको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij