काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५० रुपैयाँ ८८ पैसा र बिक्री मूल्य १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार युरोको खरिददर १७५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको मूल्य खरिदतर्फ १०८ रुपैयाँ ६७ पैसा र बिक्रीतर्फ १०९ रुपैयाँ १० पैसा रहेको छ। क्यानेडियन डलर १०९ रुपैयाँ ०२ पैसा खरिद र १०९ रुपैयाँ ४५ पैसा बिक्रीदरमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ १० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।
जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा छ।
यस्तै, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३० पैसा खरिद र ३७ रुपैयाँ ४५ पैसा बिक्रीदरमा निर्धारण भएको छ।
दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ११ रुपैयाँ २७ पैसा रहेको छ। स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ।
यसैगरी हङकङ डलरको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। कुवेती दिनारको मूल्य खरिदमा ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४९३ रुपैयाँ ४२ पैसा रहेको छ।
बहराइन दिनारको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा तथा ओमनी रियालको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को विनिमयदर भने खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा कायम गरेको छ।
विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले तोके पनि बैंक तथा वित्तीय संस्थाले कारोबार गर्ने दर भने केही फरक हुन सक्ने जनाइएको छ।