२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३५५ पुग्यो, झण्डै ५ हजार अझै बेपत्ता

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३५५ पुग्यो, झण्डै ५ हजार अझै बेपत्ता

रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३५५ पुगेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि विभिन्न जिल्लामा गरी उक्त संख्यामा शव फेला परेका छन्।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै ३६३ जनाको शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

    फेला परेका शवमध्ये हालसम्म ९८ जनाको पहिचान खुलेको छ। पहिचानपछि ती शव आफन्तको जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ।

    बाढीपछि अझै ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बेपत्ता हुनेमा रसुवाका १ हजार ९६७ र नुवाकोटका २ हजार ३४० जना छन्। त्यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक ५८९ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

    यसैबीच, बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जानकारी दिएको छ।

    विपद्पछि उद्धार, खोजी तथा बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइएको छ। थप शव फेला पर्ने तथा सम्पर्कविहीनको संख्या परिवर्तन हुन सक्ने भएकाले तथ्यांक अद्यावधिक हुने क्रम जारी रहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij