काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा आराधना गरेका छन्।
राष्ट्रपति पौडेल मंगलबार बिहान प्रथम महिला सविता पौडेलसँगै पशुपतिनाथ मन्दिर पुगेका थिए। उनले त्यहाँ विधिपूर्वक पूजाअर्चना गर्दै राष्ट्रको हित तथा नेपाली जनताको कल्याणका लागि प्रार्थना गरेका हुन्।
पूजाआराधना सम्पन्न गरेपछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।