काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८७२ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित जाँच तथा निगरानीका क्रममा ती चालकलाई कारबाही गरेको जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभी निगरानीबाट नियम उल्लंघन गर्ने ५७ जना र रातो बत्तीको उल्लंघन गर्ने ४० जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११६ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २४ जना र लेन अनुशासन उल्लंघन गर्ने ११ जना चालक कारबाहीमा परेका छन्।
अवस्था ठीक नभएका सवारीसाधन चलाउने २५ जना, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ७ जना तथा अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने ५२४ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीले सडक अनुशासन कायम गराउन नियमित रूपमा सवारी जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।