काठमाडौँ । गत भदौको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ । तयार पारिएका सालिक र सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित भएको हो । परिवारका सदस्यले अनुहार नमिलेको भन्दै आपत्ति जनाएका थिए । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो ।