२०८३, आश्विन १ गते

Sep 17 2026

एमाले पुनर्गठन कार्यदलको बैठक जारी

एमाले पुनर्गठन कार्यदलको बैठक जारी

रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा अहिले बैठक बसिरहेको हो ।

    बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने छ । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमाथि ओलीले असन्तुष्टि जनाउँदै बादललाई पुनर्लेखन गर्न निर्देशन दिएका थिए ।

    सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए ।

    शंकरले ल्याएको ६५ पेजको प्रतिवेदन सम्पादन गरेर बिहीबार बादलले ३९ पृष्ठको प्रतिवेदन तयार गरेको सार्वजनिक भएको छ । आजको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेश हुने र त्यसमाथि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij