२०८३, आश्विन १ गते

Sep 17 2026

एमाले समीक्षा कार्यदलमा दुई प्रतिवेदन पेस, एउटै निष्कर्षमा पुग्ने तयारी

एमाले समीक्षा कार्यदलमा दुई प्रतिवेदन पेस, एउटै निष्कर्षमा पुग्ने तयारी

रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेकपा एमालेको पार्टी समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल पक्षबाट तयार गरिएका छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएका छन्।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा कार्यदलका संयोजक थापाले दुवै प्रतिवेदन बैठकसमक्ष पेस गरेका हुन्। बैठकमा महासचिव पोखरेलको तर्फबाट तयार गरिएको प्रतिवेदनसँगै आफ्नो तर्फबाट तयार पारिएको प्रतिवेदन पनि प्रस्तुत गरिएको बताइएको छ।

    एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार प्रस्तुत दुवै दस्तावेजमाथि विस्तृत छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने तयारी छ।

    बैठकले तत्काल प्रतिवेदनमाथि छलफल अघि नबढाई सदस्यहरूलाई अध्ययनका लागि समय दिने निर्णय गरेको छ। त्यसपछि कार्यदलका सदस्यहरू आवासीय रूपमा बसेर प्रतिवेदनका विषयवस्तुमा गहन छलफल गर्ने तयारी गरिएको छ।

    आचार्यका अनुसार बैठकमा प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययनपछि भोलिदेखि आवासीय बैठकमार्फत छलफल अघि बढाइनेछ। छलफलबाट साझा निष्कर्ष निकालेर एउटै प्रतिवेदन तयार पार्ने कार्यदलको योजना छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij