काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ नजिक पुगेको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ। यस्तै, एक युरोको खरिददर १७६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा तोकिएको छ।
बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा रहेको छ।
एउटा अष्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसामा खरिद र १०९ रुपैयाँ ८४ पैसामा बिक्री हुने गरी दर निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ।
जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
त्यसैगरी, साउदी रियालको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा रहेको छ।
यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसामा खरिद र ३७ रुपैयाँ ६३ पैसामा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ७७ पैसा रहेको छ।
हङकङ डलरको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा कायम भएको छ। कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा पुगेको छ।
त्यस्तै, बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ भने १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदर बैंक तथा वित्तीय संस्थामा कारोबार हुने दरसँग केही फरक पर्न सक्ने जनाएको छ।