२०८३, आश्विन १ गते

Sep 17 2026

प्रतिनिधि सभा विघटन नगरेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे

प्रतिनिधि सभा विघटन नगरेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे

बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका छन्।

    भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त संसद भवनको बिहीबार अवलोकन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समस्या समाधान गरेको भए राम्रो हुने बताएका हुन्।

    ‘प्रतिनिधि सभा विघटन नगरी यसैभित्रबाट समाधान खोजिन सकिएको भए राम्रो हुन्थ्यो,’ उनले भने।

    घिमिरेले संसद भवन, सिंहदरबार लगायतका सार्वजनिक भवनमा आगजनी र तोडफोडको घटना हुनु दुःखद रहेको बताए।

    ‘जे घटना भयो र अहिले जे बेहोरिरहेका छौं यो ज्यादै दुःखद कुरा हुन्। यसबाट उठेर ठीकसँग जानुपर्ने सबैको दायित्त्व हुन्छ। सबै लागौं,’ उनले भने, ‘ दुर्घटनाहरू नहुनुपर्थ्यो। समस्याहरूलाई राम्रो ढंगबाट समाधान गर्ने बाटाहरू खोज्न सकिन्थ्यो। खोजिन्थ्यो। त्यो हुन सकेन यो दुःखद घटना भयो।’

    उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको र ती समस्या समाधान गरेर आगाडि जान सक्नुपर्ने बताए।

    ‘हेर्न नसकिने, भन्न नसकिने दुःखद दृश्यहरू धेरै छन्। गम्भीर क्षति भएको छ। यसलाई उठाउन आम मान्छे, आम क्षेत्र सबै लाग्नुपर्छ,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij