काठमाडौं । इन्डोनेसियामा २४० यात्रु सवार यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। आइतबार जाभा सागरको क्षेत्रमा जहाजसँग सम्पर्क टुटेपछि अधिकारीहरूले खोज तथा उद्धार अभियान थालेका छन्।
प्राप्त विवरणअनुसार ‘भर्जो ट्रान्सपोर्ट ८’ नामको उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुमा पर्ने दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिनतर्फ गइरहेको थियो।
गन्तव्यतर्फ अघि बढिरहेको अवस्थामा जाभा सागर क्षेत्रमा जहाजसँग सम्पर्क स्थापित हुन नसकेपछि सम्बन्धित निकायले तत्काल खोजी कार्य अघि बढाएको हो।
जहाजमा रहेका यात्रुहरूको अवस्थाबारे तत्काल थप विवरण सार्वजनिक भइसकेको छैन। अधिकारीहरूले सम्भावित स्थान पहिचान गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।