२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाली महिला क्रिकेट खेलाडीले मलेसियन सुपर वुमन सिरिजमा खेल्ने

नेपाली महिला क्रिकेट खेलाडीले मलेसियन सुपर वुमन सिरिजमा खेल्ने

शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली महिला क्रिकेटरहरूले खेल्ने भएका छन् ।

    यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन  प्रतिस्पर्धामा हुनेछन्।

    कुन खेलाडीले कुन टिमबाट खेल्दै छन् ?

    एसोसियट क्रिकेटको बारेमा समाचार लेख्दै आएको संस्था सिजार स्पोर्ट्स ग्लोबलले नेपाली खेलाडीहरू समेटिएको लिस्ट पनि सार्वजनिक गरेको छ । त्यहाँ उल्लेख भएअनुसार रुबिना क्षेत्री र कविता कुँवर कुन टोलीबाट खेल्ने भन्ने टुंगो बाँकी छ। बाँकी १२ खेलाडीहरूको नाम विभिन्न टोलीमा समावेश छ ।

    सेन्ट्रल सुपर गर्ल्स : यशोदा बिस्ट, राजमती ऐरि, सिता राना मगर, रिया शर्मा

    इस्टर्न लायनेस : कविता जोशी, सम्झना खड्का

    नर्थन क्वीन्स : रुबी पोद्दार

    साउथर्न जागुअर्स : पूजा महतो, सोमु बिस्ट

    वेस्टर्न वन्डर वुमन : इन्दु वर्मा, सावित्री धामी, रचना चौधरी

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij