२०८३, आश्विन १ गते

Sep 17 2026

जेनजी आन्दाेलन : जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन मृतकका परिवारकाे माग

जेनजी आन्दाेलन : जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन मृतकका परिवारकाे माग

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई मागपत्र बुझाएका छन् । आइबार मृतकहरूका परिवारले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका हुन् । 

    मृतकका परिवारले कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरका २७ वर्षीय डा. जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरिएको छ ।  

    मन्त्रिपरिषद् गठन र विभिन्न आयोग तथा समितिहरू बनाउने प्रक्रियाको व्यापक छलफल गरिरहेको भएपनि मृतक परिवारका प्रतिनिधिहरूलाई कुनै पनि छलफलमा सामेल नगरिएको भन्दै मृतकका परिवारले असन्तुष्टि समेत जनाएका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij