२०८३, आश्विन १ गते

Sep 17 2026

पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना, १४ जना घाइते

पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना, १४ जना घाइते

आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौं। पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित तानसेन–गुल्मी पक्की सडक खण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    दिउँसो करिब १२:२५ बजे बुटवलबाट गुल्मी आउँदै गरेको बा.प्र.०१–०३१ च ७९५७ नम्बरको ईभी भ्यान सडकबाट करिब ५० मिटर तल रुखमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    घटनास्थल प्रादेशिक प्रहरी चौकी अर्गेलीबाट करिब ५०० मिटर पश्चिममा पर्छ । जानकारी पाएलगत्तै प्रहरी निरीक्षक राजेन्द्र रावलको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो ।

    दुर्घटनामा चालकसहित १६ जना सवार रहेका मध्ये २ महिला मध्यम घाइते, १० जना सामान्य घाइते तथा चालकसहित ४ जना बालबालिकालाई केही भएको छैन । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

    रुरु स्वास्थ्य चौकी, रिडिमा उपचाररत

    दिपेन्द्र केसी (३२), मुसिकोट–१, भ्यान चालक – बाहिरी चोट नभएको, अवस्था सामान्य, प्रहरी नियन्त्रणमा ।

    सुकमाया बिक (३२), मुसिकोट–१ – दाहिने हातमा चोट ।

    सुगम बिक (११), सुकमायाको छोरा – बायाँ हातमा चोट ।

    कौशिला नेपाली (३२), मुसिकोट–६ – बायाँ खुट्टामा चोट ।

    बिमल नेपाली (७), कौशिलाको छोरा – दुवै हातमा चोट ।

    सिता कुमाल (२८), मुसिकोट–३ – दाहिने हात र मुखमा चोट ।

    जमुना सुनार (२०), मालिका–१, गुल्मी – दायाँ खुट्टामा चोट ।

    साबित्रा सिरिष (३०), बरेङ–३, बागलुङ – बायाँ हातमा चोट ।

    लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचाररत ।

    प्रमिला केसी (३७), मुसिकोट–१ खामडाडा – बायाँ हात र टाउकोमा चोट ।

    प्रजिता केसी (१६), प्रमिलाकी छोरी – अनुहार र बायाँ हातमा चोट, अवस्था मध्यम ।

    प्रजिना केसी (८), प्रमिलाकी छोरी – घाँटी र दाहिने हातमा चोट ।

    चन्द्रकला केसी घिमिरे (३७), मुसिकोट–१ – टाउको र अनुहारमा चोट, अवस्था मध्यम ।

    नविन घिमिरे (१०), चन्द्रकलाका छोरा – दाहिने कुममा चोट ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij