२०८३, आश्विन १ गते

Sep 17 2026

तमोर करिडोरमा ५०० मिटर तल खसेको गाडीबाट ६ जनाको उद्धार

तमोर करिडोरमा ५०० मिटर तल खसेको गाडीबाट ६ जनाको उद्धार

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म ६ जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका ५ जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई फिदिम लगिएको छ।

    उक्त गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो। सूचना आएपछि उद्धार टोली परिचालन गरिएको कर्णले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij