२०८३, आश्विन १ गते

Sep 17 2026

हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij