२०८३, आश्विन १ गते

Sep 17 2026

चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ।

    दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ। 

    यद्यपी अहिले क्षति भएका संरचना बनाउने काम अघि बढेको स्रोतले बताएको छ।

    ‘ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङ फेर्नै पर्नेछ। यो काम अब सुरू हुन्छ,’ उनले भने, ‘कम्पनीले अध्ययन गरेर फर्किसकेको छ। अब सामान आएपछि मर्मत हुन्छ र तिहारपछि केवलकार चल्नेछ।

    मौलाकाली केवलकारको पनि मर्मतको काम सुरूभएको उनले बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij