२०८३, आश्विन १ गते

Sep 17 2026

देउवाले केन्द्रीय कार्यसमितिमा राखेको मन्तव्यको पूर्णपाठ

देउवाले केन्द्रीय कार्यसमितिमा राखेको मन्तव्यको पूर्णपाठ

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्।

    केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।

    ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने।

    आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन्। उनले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्। 

    'पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,' उनले भने।

    उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए। 

    सभापति देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवामाथि आक्रमण गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij