२०८३, आश्विन १ गते

Sep 17 2026

पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फिर्ता गरे गाडी

पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फिर्ता गरे गाडी

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले गाडी फिर्ता गरेका छन्।

    संसद सचिवालयले पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्वसभामुख रानाभाटले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए।

    तर नयाँ मन्त्रिपरिषदले पूर्वविशिष्ट पदाधिकारीहरूको सवारी सुविधा खारेज गर्ने निर्णय गरेको थियो।

    सुरूआतमा गाडी फिर्ता नगर्ने र कानुनी प्रक्रियामा जाने बताएका रानाभाटले पछि गाडी फिर्ता गरेको सचिवालयले जनाएको छ।

    सभामुखका स्वकीय सचिव भट्टराईले तजबिजीमा गाडी प्रयोग गर्दै आएका थिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णु सापकोटाले गाडी फिर्ता गरेलगत्तै सभामुखका स्वकीय सचिव भट्टराईले पनि गाडी फिर्ता गरेको संसद सचिवालयले जनाएको छ।

    'अहिलेसम्म २० वटा गाडी फिर्ता भएका छन्,' सचिवालयका एक अधिकारीले भने, 'हाम्रा सबै गाडी फिर्ता गर्ने काम भएको छ।'

    अन्तरिम सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा सांसदहरूले पाउने स्वकीय सचिवसहित पूर्वविशिष्ट पदाधिकारीको सुविधा खारेज गर्ने निर्णय गरको थियो।

    यसअघि नै पूर्वसभामुखहरू र संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij