२०८३, आश्विन १ गते

Sep 17 2026

एनपिएलका लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने

एनपिएलका लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने भएका छन्।

    अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल आउन लागेका हुन्। उनलाई लुम्बिनी लायन्सले टोलीमा आबद्ध गरेको हो।

    शर्टसँग अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ। उनले सन् २०१८ देखि सन् २०२० सम्ममा अस्ट्रेलियाका लागि ८ एकदिवसीय र २० टी-२० खेल खेलेका थिए।

    ‘अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई टिममा अनुबन्ध गरेको जानकारी गराउन पाउँदा हामी एकदमै हर्षित छौं;’ लुम्बिनीको भनाइ छ। 

    बाँयाहाते ओपनिङ ब्याटर डार्शीसँग भारतीय प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ। 

    ‘३५ वर्षीय डार्शीको आगमनले लुम्बिनीको ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा हामीले गरेका छौं,’ डार्शीलाई अनुबन्ध गरेपछि लुम्बिनीले विश्वास गरेको छ। 

    उनले भारतको आइपिएल राजस्थान रोयल्सबाट खेलेका थिए। जसमा उनले ७ खेलमा मात्र अवसर पाएका थिए। अस्ट्रेलियाको बिग ब्यासमा उनले दुई टोलीबाट १०२ खेल खेलेका छन्। 

    यसअघि एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाकै क्रिस लिनलाई भित्र्याएको थियो। 

    यो सिजनको एनपिएल मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। त्यसका लागि सबै आठ टोलीले नेपाली खेलाडी अक्सनमार्फत भित्र्याइसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij